कवयित्री रुक्मिणी ‘नेपालको गौरव’ बाट सम्मानित

- साप्ताहिक संवाददाता

असार ११, २०७३

 

विगत दुई दशक भन्दा बढी समयदेखि नेपाली, हिन्दी र अंग्रेजी भाषा साहित्यमा कलम चलाउँदै आएकी काठमाण्डौंकी साहित्यकार रुक्मिणी ‘पगली’ भण्डारी गणतन्त्र मरिससमा ‘नेपालको गौरव’ बाट सम्मानित भएकी छिन् ।

गत साता मरिससमा आयोजना गरिएको साताव्यापी १४ औं अल इण्डिया पोयटेस कन्फ्रेन्स  (अखिल भारतीय कवयित्री सम्मेलन) का अवसरमा नेपाली कवयित्री भण्डारीलाई ‘नेपालको गौरव’ बाट सम्मानित गरिएको हो । नेपाली नागरिक भएर पनि हिन्दी भाषा साहित्यको अभिवृद्धिमा पुऱ्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै कवयित्री भण्डारीलाई गणतन्त्र मरिससका उपराष्ट्रपति परमशिवम् पिल्ले व्यापूर्यले सो सम्मान प्रदान गरेका हुन ।

कासा फ्लोरिडा, पोर्ट लुईस मरिससमा आयोजित सम्मान समारोहमा अल इण्डिया पोयटेस कन्फ्रेन्सका संस्थापक अध्यक्ष प्रा.डा लारी आजादको उपस्थिति थियो । ६ दिने सम्मेलनमा कवयित्री भण्डारीले हिन्दी भाषा साहित्यको प्रर्वद्धन विषयमा कार्यपत्र पनि प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा मैथली भाषाको श्रीवृद्धिमा पुऱ्याएको योगदानको कदर गर्दै नेपालकी अर्की साहित्यकार करुणा झा लाई पनि सो सम्मानबाट सम्मानित गरिएको थियो । 

भण्डारीले अमेरीकाबाट सृजनात्मक लेखाई विषयमा स्नातक र कानून विषयमा स्नातकोत्तर गरेकी छिन् । मरिसस बसाईका क्रममा कवयित्री भण्डारीले गणतन्त्र मरिससका प्रधानमन्त्री सर अनेरुद जगना उथलाई उहाँकै निवासमा भेटेर नेपाली ढाकाको टोपी र खादा लगाई दिनुका साथै काठबाट बनेको कलात्मक मयुर झ्याल उपहार दिएकी थिइन् । 

 

प्रकाशित :असार ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्