सबिना अब ‘सब्सकास्ट’मा

- साप्ताहिक संवाददाता

असार ११, २०७३- 

रेडियो कान्तिपुरकी लोकप्रिय कार्यक्रम प्रस्तोता सबिना कार्की पछिल्लो पुस्तामा लोकप्रिय मानिने पोड्कास्टको आफ्नै संस्करण ‘सब्सकास्ट’ मार्फत गुञ्जिने भएकी छिन् । यसैको क्रममा उनले रेडियो कान्तिपुरबाट बिदा लिएकी छिन् ।

‘यो माया भन्ने चिज यस्तै हो’ सहित दर्जनौं लोकप्रिय कार्यक्रम प्रस्तुत गर्दै श्रोताको मन जितिरहेकी सबिना पछिल्ला केही महिनायता इन्टरनेटमा आधारित रेडियो कार्यक्रम सुन्न सकिने सब्सकास्टमा समेत लोकप्रिय छिन् । ‘अब म नियमित रूपमा ‘सब्सकास्ट’मा सुनिनेछु । १५ वर्षमा श्रोताका रोजाई फरक परेका छन् । उनीहरू अझ बढी अन्तरक्रियात्मक हुन चाहन्छन् । मनका कुराहरू अझधेरै बााड्न चाहन्छन् । म अझ धेरै श्रोतालाई समाहित गर्न चाहन्छु । रेडियोमा एउटा पहिचान छोडेको छु अब सब्सकास्टमार्फत अर्को अभियान सुरु हुनेछ ।

सबिनाले निकट भविष्यमा टेलिभिजन च्यानलमा आउन सक्ने सम्भावनालाई भने नकारिनन् । ‘म टेलिभिजनमा आउन सक्नेछु तर अहिले होइन,’ सबिनाका अनुसार त्यसका लागि उनले कान्तिपुर टेलिभिजन नै रोज्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

 

प्रकाशित :असार ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्