सोनाक्षी मान्यता

- एजेन्सी

असार ८, २०७३

बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई चलचित्र ‘दबंग’ मा जुन फिगरमा देखियो, त्यसअघि उनको लुक्स देख्नेहरू अचम्मित भए । धेरैले के ती युवती शत्रुघन पुत्री सोनाक्षी नै हुन् ? भनेर शंकासमेत गरे, तर ति सोनाक्षी नै थिइन् ।

अभिनेत्री बन्नकै निम्ति उनले ३० किलो वजन घटाएकी थिइन् । त्यसपछि उनी नायिका हुनका लागि आवश्यक स्लिम बनिन् । चर्चित म्यागजिनहरूले उनलाई कभर गर्ल बनाए । अहिले पनि हेल्दी नायिकाको परिचयमा बाँचिरहेकी २८ वर्षीया सोनाक्षीले आफू विन्दास नेचरको भएकी तथा आफूमा विन्दास मन्त्रको मान्यता विकास गरेकाले जस्तोसुकै परिस्थिति सामना गर्न सक्षम भएको उल्लेख गरेकी छिन् । शरीरसँग जोडिएका यी मन्त्र अरूका निम्ति पनि प्रेरणादायी सावित हुन सक्छन् ।

बलिउडमा साइज जिरो होइन, हिरो बन्न आएको बताउने सिन्हा भन्छिन्– ‘पूर्ण मानिने यो संसारमा थुप्रै कमी पनि छन्, त्यसैले मानिसले पूर्ण बन्ने प्रयास नगरेकै राम्रो । सच्चा रहनु, कसैको दबाबमा आफूलाई नबदल्नु, आत्मविश्वास नडगमगाउनु ।’ सोनाक्षीले यो क्षेत्रमा प्रवेश गर्दा नै छोटा कपडा, किस सिन तथा विकिनी दृश्यका लागि आफू तयार नरहेको बताएकी थिइन् । आफूसँग कामको कमी नरहेको बताउने सोनाक्षी नायिका भनेको स्लिम हुनुपर्छ भन्ने मान्यता आफूले नै तोडेको बताउँछिन् । सोनाक्षी भन्छिन्– ‘मलाई लाग्दैन कि, सेक्सी देखिन कपडा नै उतार्नुपर्छ ।’

 

प्रकाशित :असार ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्