भृंगराज : झार होइन औषधी

- लोकनाथ खनाल

असार ६, २०७३-

    भूमिराज (भृङ्गराज) र मरिच पिसेर लेप लगाउँदा टाउकाको दुखाइमा आराम मिल्छ ।

    केश झरेर तालुमात्र देखिने अवस्थामा भूमिराजको रसले मालिस गर्न सकिन्छ ।

    केश सुन्दर तथा आकर्षक बनाउने भएकाले यसलाई केशराज वा केशरन्जन पनि भनिन्छ ।

फाइदा

    भूमिराजको रस काटेको ठाउँमा लगाउँदा रगत बग्न छाड्छ र घाउ छिटो निको हुन्छ ।

    भूमिराजको १ चम्चा रस, आधा कप दूधमा मिसाएर बिहान–बेलुका खाँदा कफ जन्य बिकार ठीक हुन्छ ।

    छालामा भएका जुनसुकै किसिमका घाउमा भूमिराजको लेप लगाउँदा लाभ मिल्छ ।

    अण्डकोष वृद्धि वा हाइड्रोसिलका रोगी वा कुनै अङ्ग सुन्निएको अवस्थामा भूमिराजको लेप लगाउन सकिन्छ ।

    भूमिराजको १/२ ग्राम चुर्ण मोहीसँग खाँदा पाइल्सका रोगीलाई फाइदा मिल्छ ।

    १/२ चम्चा भूमिराजको रस दिनमा २/३ पटक खाँदा ज्वरो बिसेक हुन्छ ।

    रक्त प्रदर वा श्वेत प्रदरमा यसको रस फाइदाजनक सावित हुन्छ ।

    भूमिराजको मुन्टाको साग पकाएर खाँदा आाखा, मस्तिष्क तथा पेटलाई फाइदा हुन्छ ।

प्रकाशित :असार ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्