कतिपय सरकारी कर्मचारी घूसबिना कामै गर्दैनन्

- साप्ताहिक संवाददाता

जेष्ठ ३२, २०७३-

महलमा बसी, पजेरोमा रम्दै तीन पुस्तालाई पुग्ने अकुत सम्पत्ति जोडी आफूलाई मजदुर नेता हुँ भन्नेहरूको कमी छैन नेपालमा । दावाका साथ भन्न सकिन्छ, यस्तै कारण नेपाल यो अवस्थामा आएको हो ।

कृष्ण चौधरी

जनकपुरधामका द्वन्द्वपीडित बालबालिकाहरू छात्रवृत्तिबाट वञ्चित छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरू स्कुल जानसमेत सक्ने स्थितिमा छैनन् । यो विषयलाई स्थानीय प्रशासनले गम्भीर रूपमा लिनुपर्छ ।

ममता झा

सहिद शब्दलाई यति सस्तो बनाइयो कि कहिलेकाहीं सहिदकै अपमान गरेजस्तो लाग्छ । त्यसैले जसलाई पनि सहिद घोषणा गर्ने चलन बन्द होस् ।

भीम गौतम

यदि नेपालमा क्लबहरूको सट्टा राजनैतिक पार्टीहरूबीच क्रिकेट प्रतियोगिता हुने हो भने हरेक पार्टीसँग २/४ वटा सुविधासम्पन्न स्टेडियम हुने थिए होला र जारी टी–२० विश्वकपको दाबेदार नेपाल नै हुने थियो कि ?

विधान खड्का

सरकारी मन्त्रालयबाटै सुटकेसका सुटकेस पैसा साट्ने संयन्त्रको कसैलाई अत्तोपत्तो हँुदैन । सामान्य कर्मचारीले २–४ सय खाएको समाचारचाहिँ पत्रपत्रिकाको हेडलाइन बन्छन् । 

रविचन्द्र भट्टराई

सरकारी कार्यालयका कतिपय कर्मचारी घूसबिना कामै गर्दैनन् । सानोभन्दा सानो काम गर्न पनि घूस खोज्छन् । जनताको सेवा गर्न बसेकाहरूले यसो गरेको पटक्कै सुहाएन । 

कल्पना झा, काठमाडौ

प्रकाशित :जेष्ठ ३२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्