वृक्षासनको फाइदा

- साप्ताहिक संवाददाता

जेष्ठ २९, २०७३

हामी प्राकृतिक चिजको नक्कल गरेर पनि स्वास्थ्य–लाभ लिन सक्छौं । 

रूखको स्वरूपमा गरिने आसनलाई वृक्षासन भनिन्छ । मानसिक तनाव कम गर्न यस्तो आसन लाभदायक मानिन्छ । 

यो आसन गर्न सावधान मुद्रामा उभिनुपर्छ । 

दुवै खुट्टाबीच केही दूरी बनाउने । त्यसपछि हातलाई टाउकोमा माथी उठाएर जोड्ने । 

अब दाहिने खुट्टा थोरै मोडेर अर्को खुट्टाको जाँघमा टेकाउने । बाँया खुट्टाको सन्तुलन कायम राख्दै हात, टाउको र कुम एकसाथ सिधा बनाउने ।

यस्तो आसनमा आफूले सकेसम्म उभिनुपर्छ । केही समयपछि अर्को खुट्टालाई त्यस्तै आसनमा राख्ने । 

यस किसिमको आसनले खुट्टालाई बलियो बनाउँछ । स्नायुमण्डलको विकास गरेर खुट्टालाई स्थिरता प्रदान गर्छ । 

यसबाट खासगरी मोटोपन भएका व्यक्तिले लाभ उठाउन सक्छन् ।

प्रकाशित :जेष्ठ २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्