पल शाह र बिपना थापाको रोमान्स

- साप्ताहिक संवाददाता

जेष्ठ २८, २०७३

चलचित्र अभिनेता पल शाह तथा नायिका विपना थापाले अनस्क्रिन रोमान्स गरेको एउटा म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । 

गायक सरोज लामा तथा गायिका आकांक्षा बस्यालको यूगल गीत चोखो मायाको यो भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । आधुनिक शैलीको यो रोमान्टिक गीतमा पल र विपनाको केमेष्ट्री सुहाएको अनुभव गरिएको छ । सानैदेखि गायनमा रुची राख्ने गायक लामालाई यो यूगल गीतको छायांकन गोदावरी तथा चपलीहाइटमा दुई दिन लगाएर गरिएको हो । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक निशान घिमिरे हुन् ।

चोखो मायाको म्युजिक भिडियो

प्रकाशित :जेष्ठ २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्