आउँदैछिन् रानी

- एजेन्सी

जेष्ठ २५, २०७३-

विवाह गरेर आमा बनिसकेकी बलिउड अभिनेत्री रानी मुखर्जी लामो समयदेखि चलचित्रबाट टाढा छिन् । छोरी हुर्किएपछि चलचित्रमा फर्कने घोषणा गरेकी रानीलाई अब भने चलचित्र ‘बेफिक्रे’ मा देख्न पाइनेछ ।

रानीकै निर्देशक श्रीमान् आदित्य चोपडाले निर्देशन गरिरहेको यो चलचित्रमा रानीसँगै उनका छोरी–छोरी तथा आदित्यकी आमा पामेला चोपडाले समेत अभिनय गरेका छन् । हाल पेरिसमा छायांकन भैरहेको यो चलचित्र आदित्य चोपडाका यसअघिका चलचित्रभन्दा पृथक भएको बताइन्छ ।

चलचित्रमा बोल्ड दृश्यहरूका साथै अभिनेता रणबीर सिंहको न्यूड शटसमेत समावेश भएको बताइन्छ । रणवीरले नयाँ अभिनेत्री वाणी कपूरसँग अनस्क्रिन रोमान्स गरेका छन् । यो चलचित्र आगामी डिसेम्बर महिनामा प्रदर्शनमा आउनेछ । 

 

प्रकाशित :जेष्ठ २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्