चर्चामा आएका जोडी

- साप्ताहिक संवाददाता

जेष्ठ २४, २०७३

यतिबेला सांगीतिक क्षेत्रमा एउटा जोडीले चर्चा पाउन थालेको छ । गायक तथा मोडल श्याम कार्की तथा मेडिकल साइन्सकी छात्रा आश्मा गिरीको रोमान्टिक जोडीलाई दर्शकले मन पनि पराएका छन् ।

भारतमा मेडिकल साइन्स अध्ययनरत आश्माले पहिलो पटक अभिनय गरेको गायक कार्कीकै गीत ‘तिम्रो मायाले बाँधेर राख’ को भिडियोमा उनीहरू दुवैको जोडी सुहाएको प्रतिक्रिया पाएपछि अन्य भिडियोमा पनि यो जोडी दोहोरिने सम्भावना बढेको हो ।

गायक तथा मोडल कार्की त उनीहरूको जोडीलाई लिएर केही निर्माताले चलचित्रकै परिकल्पना गर्न थालेको समेत बताउँछन् । ‘अहिलेलाई हाम्रो जोडी भिडियोमै मात्र सीमित हुनेछ, कार्की भन्छन्— ‘आश्मा डाक्टर बनेर स्वदेश फर्किएपछि भने कम्तीमा एउटा चलचित्रका लागि सोच्न सकिन्छ ।’

 

प्रकाशित :जेष्ठ २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्