शनिवारदेखि युवा वैज्ञानिक सम्मेलन हुँदै

- साप्ताहिक संवाददाता

जेष्ठ २१, २०७३

जेठ २२ र २३ गते राजधानीमा युवा वैज्ञानिक सम्मेलन २०१६ हुँदैछ । उक्त सम्मेलनमा स्वदेश तथा विदेशका युवा वैज्ञानिक तथा प्राविधिकहरूबीच बिभिन्न प्रतियोगिता सञ्चालन हुनेछ । ‘राष्ट्रको समृद्धिमा युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ ।’ युवा वैज्ञानिक सम्मेलनका संयोजक आकाश देव भन्छन्, ‘विभिन्न चुनौती भोगिरहेको संक्रमणकालीन अवस्थामा युवाहरूको संलग्नता अझ महत्वपूर्ण हुन्छ ।’ विभिन्न विद्यालय, विश्वविद्यालय, युवा उद्यमी, अनुसन्धानकर्मीहरूको कार्यक्रममा सहभागिता रहनेछ । युवा वैज्ञानिकहरूले आ–आफ्ना विचार बाँड्नुका साथै आफूले गरेका अनुसन्धानहरू पनि प्रस्तुत गर्नेछन् ।

त्यस्तै सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तित्व प्रोफेसर रामली मुस्तीफा (मलेसिया), एसिया प्यासिफिक स्टुडेन्ट फोरम–इन्डोनेसियाकी निर्देशक रिन्डी दानिका सारी, म्युनिख युनिभर्सिटीका प्राध्यापक योरन क्रुहल र अलावामा युनिभर्सिटीका प्राध्यापक जीवन प्रसाईं, उद्योगपति साहिल अग्रवाललगायत युवा नेता एवं कानुन व्यवसायीहरूको उपस्थिति रहनेछ । यो सम्मेलन नास्टका उपकुलपति प्राध्यापक जीवराज पोखरेलबाट उद्घाटन हुनेछ । सम्मेलनको आयोजना नेपाल पोलिमर इन्स्टिच्युट तथा ब्रेनी क्युब नेपालको सहकार्यमा हुन लागेको हो ।

प्रकाशित :जेष्ठ २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्