मोनिका मिस एसएलसी

- लालप्रसाद शर्मा

जेष्ठ २१, २०७३

दलुक्स फेसन होमद्वारा आयोजित एचके क्लारा दोस्रो मिस एसएलसी क्विन–२०१६ को उपाधि पोखराकी मोनिका गुरुङले जितेकी छिन् ।

प्रतियोगितामा प्रमिला बास्तोला फस्ट रनर्सअप घोषित भइन् भने बेस्ट एक्टिभको उपाधिसहित दिक्षा गुरुङ सेकेन्ड रनर्सअप भइन् । मिस क्याटवाकको उपाधिसहित कविता रेग्मी थर्ड रनर्सअप तथा आस्मा श्रेष्ठ फोर्थ रनर्सअप घोषित भए ।

दर्शक छनौटको उपाधि निशा गुरुङले पाइन् भने बेस्ट डान्सतर्फ पेङ्का गुरुङ, अनुशासनतर्फ सृष्टि गुरुङ, इन्टलिजेन्टतर्फ सुनयना श्रेष्ठ, बेस्ट स्माइलतर्फ अन्जु क्षेत्री, बेस्ट मिस युनिकतर्फ स्वयता पराजुली, बेस्ट स्किनतर्फ पवि पाइजा पुनले आ–आफ्नो उपाधि सुरक्षित गरे । उक्त अवसरमा सौन्दर्यको क्षेत्रमा योगदान पुर्‍याएवापत राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी अध्यक्ष पम्फा पहारीलाई सम्मान गरिएको थियो । 

 

 

प्रकाशित :जेष्ठ २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्