इन्स्टाग्राममा भिडियो

- एजेन्सी

जेष्ठ ५, २०७३

इन्स्टाग्रामले प्रयोगकर्ताहरूको चाहनालाई ध्यानमा राख्दै भिडियो पोस्ट टाइमको लिमिट बढाएको छ । भिडियो पोस्टको बढ्दो लोकप्रियतालाई ध्यान दिँदै इस्टाग्रामले यस्तो कदम चालेको बताइन्छ ।

अब प्रयोगकर्ताले इस्टाग्राममा ६० सेकेन्डसम्मका भिडियो पोस्ट गर्न सक्छन् । यसअघि इन्स्टाग्राममा केवल १५ सेकेन्ड लामा भिडियो मात्र पोस्ट गर्न सकिन्थ्यो । फेसबुकको स्वामित्वमा रहेको इस्टाग्रामले पछिल्लो ६ महिनामा आफ्नो भिडियो सेक्सनको लोकप्रियतामा ४० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

इन्स्टाग्राममा १ मिनेट लामो भिडियो पोस्ट गर्न सकिने मात्र होइन, उक्त भिडियो कतिपटक हेरियो भन्ने जानकारी पनि प्राप्त हुन्छ । त्यसका साथै इन्स्टाग्रामले डिस्कभर पिपुल नामक फिचर पनि थप गपेको छ । यो नयाँ फिचरको सहायताले प्रयोगकर्ताले मित्रहरूलाई सजिलै खोज्न सक्छन् ।

 

प्रकाशित :जेष्ठ ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्