लामखुट्टे भगाउने तरिका

जेष्ठ ३, २०७३

     गर्मी याममा लामखुट्टेबाट जोगिन घर वरिपरिको सरफाइमा ध्यान दिनुपर्छ । फोहोर तथा पानी जम्ने खाल्डा भए त्यहीबाट मच्छड फैलने डर हुन्छ । 

     घर आसपास पुदिना, तुलसी आदिको बोटबिरुवा रोप्नुपर्छ । यसरी प्राकृतिक विधिबाट पनि लामखुट्टे भगाउन सकिन्छ ।

     भान्सामा प्रयोग हुने लसुन पनि लामखुट्टे भगाउन उपयोगी हुन्छ । यसको तिख्खर गन्धले लामखुट्टेलाई घरभित्र प्रवेश गर्न बाधा पुर्‍याउँछ । 

     नरिवल तथा नीमको तेलको मिश्रण बनाएर त्यसको दियो बाल्नुपर्छ । यसबाट पनि लामखुट्टेको समस्याबाट मुक्त हुन सकिन्छ ।

 

प्रकाशित :जेष्ठ ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्