गाजलुको नयाँ गीत सार्वजनिक
वैशाख ३१, २०७३
मिस नेपाल २०१२ सृष्टि श्रेष्ठद्वारा अभिनित चलचित्र ‘गाजलु’ को नयाँ गीत ‘मुस्कुराउनुको कथा...’ को भिडियो सार्वजनिक गरिएको छ । यूट्युबमार्फत सार्वजनिक गरिएको यो गीतमा अभिनेता अनमोल केसी तथा सृष्टि श्रेष्ठलाई फिचरिङ गरिएको छ । कालीप्रसाद बाँसकोटाको शब्द तथा संगीतको यो गीतमा सुमन गुरुङको स्वर रहेको छ । गीतमा अनमोल तथा सृष्टिले चलचित्र भित्र भोगेका पीडा तथा सुखीका क्षणलाई चित्रण गरिएको छ ।
रोहित अधिकारीद्वारा निर्मित यो चलचित्रको निर्देशन हेमराज बिसीले गरेका हुुन् । जेठ २८ गतेदेखि सार्वजनिक प्रदर्शन हुने यो चलचित्रमा अनमोल तथा सृष्टिका अतिरिक्त गौरव पहाडी, सलोन बस्नेत, मेनुका प्रधान, ऋतिका शाही, विश्व बस्नेत, गौरी मल्ल आदि कलाकारले अभिनय गरेका छन् । नेवारी समुदाय भित्रको कुमारी प्रथाको कथालाई पर्दामा उतारिएको यो चलचित्र नेपालसहित विदेशका विभिन्न शहरहरुमा पनि एकसाथ प्रदर्शनको तयारी हुँदैछ ।
‘मुस्कुराउनुको कथा...’ को भिडियो
प्रकाशित :वैशाख ३१, २०७३




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्