सुरजको ब्रेकिङ न्यूजमा अकेशा र मुकेश

- साप्ताहिक संवाददाता

वैशाख ३०, २०७३

चलचित्र ‘जिन्दगी रक्स’ की नायिका अकेशा विष्ट यतिबेला अमेरिकामा छिन् । कान्तिपुर टेलिभिजनमा भिडियो जक्कीसमेत रहेकी अकेशा केही महिनाअघि अमेरिका पुगेकी हुन् । अभिनेता मुकेश आचार्य पनि केही साताअघि मात्र अमेरिका पुगेका छन् । संयोग नै मान्नु पर्छ, पालै–पालो अमेरिका पुगेका यी दुई कलाकारको जोडीले अभिनय गरेको ‘ब्रेकिङ न्यूज...’ गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक गरिएको छ ।

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक सुरज शाही ठकुरीको पछिल्लो गीत ‘ब्रेकिङ न्यूज...’ को म्युजिक भिडियोमा अकेशा तथा मुकेशको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ । यो भिडियोको निर्देशन विभोर पोखरेलले गरेका हुन् । अभिनेता मुकेश आचार्यकै शब्दमा तयार भएको यो गीतलाई ईन्द्र आरपीले संगीतबद्ध गरेका हुन् । किरण तुलाधर यो गीतका संगीत संयोजक हुन् । पुरानो वानेश्वरस्थित ब्ल्याकपेपर सटुडियोमा उत्पादन गरिएको यो गीतको म्युजिक भिडियोमा जीवन थापाको सम्पादन तथा भिएफएक्स रहेको छ ।

करिव पाँच वर्षअघि ‘संस्करण’ शीर्षकको एकल एल्बम सार्वजनिक गरेका गायक ठकुरी त्यही एल्बमको ‘तिमी बिना जिउनु त...’ गीत लोकप्रिय भएपछि स्रोताको रोजाइमा परेका हुन् । गायक शिव परियार तथा संगीतकर्मी चण्डप्रसाद काफ्लेसंग लामो समयसम्म शास्त्रीय संगीतको प्रशिक्षण लिएका गायक ठकुरीले हालसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर दिएका छन् ।  ‘कोशिस गरें मैले...’ गीत ईमेज एवार्डको मनोनयनमा परेपछि गायक ठकुरीको सांगीतिक व्यस्तत बढेको थियो । सुर्खेतमा जन्मिएका गायक ठकुरी यतिबेला डिजे सन्तोषद्वारा सञ्चालित ब्ल्याकपेपर स्टुडियोमा ‘इन हाउस परफमर’ को रुपमा सक्रिय छन् ।

म्युजिक भिडियोको लिंक : 

प्रकाशित :वैशाख ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्