अल्छीले मात्र दरखास्त दिन पाइने जागिर

- एजेन्सी

वैशाख ३०, २०७३-
प्राय: जागिर दिने कम्पनीले परिश्रमी, क्षमतावान्, सीप भएका मानिसहरूलाई प्राथमिकता दिन्छन्, जो अल्छी छ उसले जागिर पाउन गाह्रो हुन्छ, तर यो संसारमा अल्छीका लागिसमेत अवसर रहेछ ।

क्यानाडाको एक कम्पनीले अल्छी मानिसहरूका लागि मात्र भन्दै एउटा जागिर खोलेको छ । क्यानाडाको सरेस्थित एक थिम पार्क कम्पनीले प्रकाशित गरेको जागिरको विज्ञापनले अहिले सबैको ध्यान तानेको छ । कम्पनीले प्रकाशित गरेको विज्ञापनअनुसार उक्त जागिरमा केवल अल्छी मानिसले मात्र दरखास्त हाल्न पाउनेछन् ।

कम्पनीको नियमअनुसार थिम पार्कमा एक जना यस्तो कर्मचारी भर्ना गरिँदैछ जो अल्छी हुनु आवश्यक छ । वास्तवमा कामको प्रकृति नै त्यस्तै छ । उक्त कर्मचारीको काम नै पान्डाजस्तै देखिने पोसाक लगाएर दिनभर थिम पार्कमा बसिरहनु हो । कम्पनीले अर्को सर्त पनि राखेको छ । जागिर खान चाहने मानिस वन्यजन्तुप्रेमी पनि हुनुपर्नेछ ।

 

प्रकाशित :वैशाख ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्