योनिमार्ग चिलाउने गर्छ

- डा.बालकृष्ण साह

वैशाख २१, २०७३

म १९ वर्षीया अविवाहित महिला हुँ । विगत केही महिनादेखि मलाई महिनावारी भएलगत्तै योनिमार्गबाट सेतो पानी जाने, चिलचिलाउने तथा चाँडो–चाँडो पिसाब फेर्नुपर्ने हुन्छ । विशेष गरी गर्मीमा यस्तो समस्या दोहरिरहन्छ । यो कस्तो समस्या हो ? 

सेतो पानी बग्ने तथा योनिमार्ग चिलाउने समस्या धेरै महिलामा हुन्छ । यो समस्या अविवाहितलाई पनि हुनसक्छ तर विवाहित वा यौनसम्पर्क गर्ने महिलाहरूमा बढी हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिन्छ ।

सामान्यत: ट्राइकोमोनास भन्ने जीवाणुले योनिमार्गमा गरेको संक्रमणका कारण यस्तो समस्या देखापर्छ । त्यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्याक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने हुनसक्छ ।

गर्मीमा पसिना आउने र फन्जाईको वृद्धि सजिलै हुने भएकाले पनि यस्तो भएको हुनसक्छ । यसबाहेक पिसाबसम्बन्धी संक्रमणका कारण पनि यस्तो भएको हुनसक्छ । यस्ता समस्याबाट जोगिन सरसफाईमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ र सधैं सफा, नरम एवं सुतीको अन्डरगार्मेन्ट प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रकाशित :वैशाख २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्