बैकाल ताल

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७३-
- रूसको साइबेरियास्थित बैकाल ताल संसारकै सबैभन्दा पुरानो ताल मानिन्छ । 

- यो तालको निर्माण २ सय ५० करोडदेखि ३ सय करोड वर्षअघि भएको बताइन्छ । 

- यो ताल संसारकै सबैभन्दा ठूलो ताजा पानीको ताल पनि हो । यो तालको पानीले संसारको २० प्रतिशत खानेपानीको माग धान्न सक्छ । यो ताल संसारको सबैभन्दा गहिरो ताल पनि हो । 

- यो तालको गहिराइ १ किलोमिटर ६ सय मिटरसम्म छ ।

- यो तालको पानी सर्वाधिक पारदर्शी मानिन्छ । यो ताल समुद्र सतहबाट ४ सय ५७ दशमलव २ मिटर उचाइमा छ । यो तालको उत्तरी खण्डमा डेढ किलोमिटर लामो हिमाच्छादित पहाड छ भने दक्षिणी खण्डमा घाँसेमैदान छ । यो तालको आधा भाग एसियामा र आधा भाग युरोपमा पर्छ । यो तालको पानीलाई संसारकै सबैभन्दा बढी अक्सिजनको मात्रा भएको पानी मानिन्छ ।

- यो ताललाई ३ प्रकारका ताजा पानीमा रहने सिल माछामध्ये एउटाको एकमात्र बासस्थान मानिन्छ ।

 

प्रकाशित: वैशाख १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्