योनिमार्गवाट सेतो पानी बग्यो

- डा. बालकृष्ण साह

वैशाख १४, २०७३

म २४ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको दुई वर्ष भयो । विगत केही महिनादेखि मेरो योनिमार्गबाट सेतो पानी जाने समस्याले सार्‍है सताएको छ । यसका लागि मैले औषधि पनि सेवन गरेँ, तर औषधि सेवन गरेका बेला मात्र निको हुन्छ र औषधि सकिनेबित्तिकै समस्या दोहोरिन्छ । म दिक्क भैसकें । अब मैले के गर्ने ? 

च.

सेतो पानी बग्ने समस्या धेरै महिलामा हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिन सक्छ । सामान्यत: ट्राइकोमोनास जीवाणुले योनिमार्गमा गरेको संक्रमणले यस्तो समस्या देखापर्छ । यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्याक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने हुन सक्छ भने सामान्य अवस्थामा वा कुनै संक्रमणबिना पनि थोरै–थोरै सेतो पानी जाने हुन सक्छ ।

विशेषज्ञ चिकित्सकसँग योनिमार्गको जाँच तथा अन्य आवश्यक परीक्षण गराएर संक्रमण भए–नभएको पत्ता लगाउनुपर्छ । संक्रमण देखिएको अवस्थामा तथा पटक–पटक यस्ता समस्या भए श्रीमतीसँगै श्रीमान्ले पनि केही औषधि सेवन गर्नुपर्ने हुन सक्छ । संक्रमण नभएको अवस्थामा आत्तिनुपर्दैन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ ।

 

प्रकाशित :वैशाख १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्