दीपिका सलमानका साथमा

- एजेन्सी

वैशाख ७, २०७३

बलिउड बक्स अफिसमा सफल कलाकारद्वय सलमान खान र दीपिका पादुकोणले हालसम्म स्क्रिन सेयर गरेका छैनन् । लामो समयदेखि एकसाथ काम गर्न खोजे पनि उनीहरूले अवसर पाएका थिएनन् ।

बलिउडका यी दुई चर्चित हस्तीलाई लिएर निर्देशक कविर खानले चलचित्र बनाउने अब पक्का भएको छ । बजरंगी भाइजानका निर्देशक कविरले निर्देशन गर्ने एउटा नयाँ चलचित्रका लागि यी दुई कलाकारसँगको कुराकानी फाइनल भएको भारतीय सन्चारमाध्यमहरूले बताएका छन् । कविर पनि स्टार कलाकारहरूको साथ पाएपछि दंग छन् । एक्सन थ्रिलर कथामा तयार हुने यो चलचित्रले दर्शकको माया पाउने निश्चित भएको विश्लेषकहरूले बताइरहेका छन् ।

हाल सलमान चलचित्र सुल्तानको छायांकनमा व्यस्त छन् भने दीपिका हलिउड चलचित्रमा व्यस्त छिन् । उनीहरूको समय मिल्नेबित्तिकै चलचित्रको घोषणा गरिने स्रोतको भनाइ छ । 

 

प्रकाशित :वैशाख ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्