ड्रिम्स लण्डनमा देखाईने

- कुशल श्रेष्ठ

वैशाख ६, २०७३-

अभिनेता भुवन केसी निर्देशित ड्रिम्स चलचित्र लण्डनमा प्रदर्शन हुने भएको छ । वेलायत बस्ने नेपाली चलचित्र प्रेमीहरुलाई आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका निर्देशक केसी र सोही चलचित्रका नायक अनमोल केसीलाई बेलायतको भिषा लागेको छ । 

भिषा गाइड नेपालले केसी बाबु छोराको यूके भिजा आवेदन सफल भएको जनाउंदै प्रसन्नता व्यक्त गरेका छन् । उनीहरुको यूके आउने मिति भने तय हुन बाँकी नै छ । त्यस्तै अनमोल ड्रिम्स लिएर कोरिया, जापान, अष्ट्रेलिया, दुबई, बैंकक हुदै वल्र्ड टुर गर्ने समेत बताइएको छ । 

आफ्नो पहिलो चलचित्रबाटै सशक्त अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि बेलायउत आउने कार्यक्रम रहेको थियो । तर उनको कार्य व्यस्तताका कारण वेलायतमा हुने प्रिमियरमा सहभागी हुन नसक्ने आयोजकले बताएको छ । 

सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी मे ८ तारिखमा चलचित्रको पहिलो प्रदर्शन दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा गर्न लागेको छ भने मे १५ तारिखमा सफारी सिनेमा हल, ह्यारोमा हुने छ । सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपन कुमार राईका अनुसार प्रदर्शनको क्रममा भुवन र अनमोल केससंग दर्शकहरुले साक्षात्कार गर्ने अवसर समेत पाउने बताए । 

नेपालमा फागुन २१ मा रिलिज भएको ड्रिम्स्ले दुई दिनमै यसको लगानी उठाएको थियो । फिल्ममा अनमोल, साम्राज्ञी राज्य लक्ष्मी शाह र सन्ध्या केसीको मुख्य भुमिका रहेको छ । अनमोलले यसअघि अभिनय गरेको होस्टेल र जेरी फिल्म पनि सफल भएको थियो भने चलचित्र गाजलु रिलिजको क्रममा छ ।

भुवन र अनमोलले यूकेवासी नेपालीलाई फिल्मको शोमा आउन गरेको निम्तो 

प्रकाशित :वैशाख ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्