वर्षका १० पठनीय कृति

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७२

यो वर्ष प्रकाशित पढ्नैपर्ने पुस्तकको सूची धेरै लेखक एवं समालोचकहरूसँग मागिएको थियो । तीमध्ये अधिकांशले यो वर्ष पढ्न लायक कुनै पनि कृति नस्किएको र निस्किहाले पनि दशवटा कृति पुर्‍याउन नसकिने बताए ।

तैपनि करिब २२ जनासँग हामीले वर्ष २०७२ मा प्रकाशित राम्रा कृतिको नामावली माग्यौं । जसमा केहीले २–४ वटाको मात्र नाम दिन सके भने केहीले १० वटै कृतिको नाम दिए । यो नामावली माग्दा पढन्ते भनिएका व्यक्तिहरू पनि बजारमा वर्षभरी निस्किएका आधा पनि पुस्तक पढ्दैनन् भन्ने कुरा पनि खुल्न आयो । अर्को कुरा, कतिपय लेखक आफ्ना समकालीन लेखकका पुस्तकको नाम पनि लिन चाहँदैनन् भन्नेसमेत देखियो । 

फिरफिरे-     बुद्धिसागर

देब्रे आँखा-     रेशम विरही 

एक्लो नायक-     हरि अधिकारी

काठको बाकस-      चन्द्र घिमिरे 

पहेँलो घाम-     विष्णु भण्डारी 

जीवन एक सपना-    शंकरप्रसाद उप्रेती

सिमानाको रंग सिमानाको तरंग- दामोदर पुडासैनी

सुप्लाको हवाइजहाज-    भूपिन 

वीरगन्ज-    गिरीश गिरी 

उज्यालाका बीउहरू-   सरोजप्रसाद धिताल 

प्रकाशित :चैत्र २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्