शिशुको स्वास्थ्य ख्याल गर्ने उपाय

- एजेन्सी

चैत्र २३, २०७२

    शिशुको स्वास्थ्यका लागि आयुर्वेदभन्दा राम्रो अरू केही हँुदैन, यसले बिना साइड इफेक्ट शिशुलाई स्वस्थ राख्छ । 

    शिशुलाई कब्जियतको समस्या भए प्राकृतिक फाइबरयुक्त आहार, जस्तो— भिजाएको किसमिस, खजुर, तीलको बीउ, अंगुर आदिको सेवन उपयोगी हुन्छ । 

    शिशुलाई रुघा–खोकी लागे आधा इन्च अदुवा तथा एक ग्राम तेजपत्तालाई एक कप पानीमा भिजाएर राख्नुपर्छ । त्यसमा एक चम्चा मिस्री घोलेर दिनमा तीन पटकसम्म पिउन दिनुपर्छ । 

    शिशुको दाँत निकाल्नुपरे अनारको रसमा तुलसी मिसाएर शिशुलाई चाट्न दिनुपर्छ । यसबाट सजिलै दाँत निकाल्न सकिन्छ । 

    शिशुको छातीमा कफ जमेको अवस्थामा थोरै गाईको घिउलाई हल्का तताएर छातीमा मालिस गरिदिनुपर्छ । यसले कफ पग्लिएर बाहिर निस्कन्छ । 

 

प्रकाशित :चैत्र २३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्