रोबोटबाट सम्मानित हुने भाग्यमानी नेता

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७२

नेपालमा डिजिटल प्रविधिको क्षेत्रमा आएको परिवर्तनको एउटा नमुना हालैको एक कार्यक्रममा देख्न पाइयो । कुनै विशिष्ट व्यक्तिलाई प्रमुख अथिति बनाएर कार्यक्रमको निम्तो दिने प्रचलनलाई त्यागेर नेपालीले नै निर्माण गरेको रोबोट प्रमुख अतिथि बनेको छ । उक्त अवसरमा विशेष अतिथिका रूपमा निम्त्याइएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले उक्त रोबोटको हातबाट सम्मानित हुने अवसर पाए । 

उक्त कार्यक्रममा नेपाली कांग्रेसको १३ औं महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित युवा नेता प्रदीप पौडेललाई रोबोटले फूलमाला लगाइदिएर सम्मान गर्‍यो अनि हात मिलायो र शुभकामना समेत दियो । सम्मानका लागि प्राविधिकहरूले रोबोटको स्विच अन गर्दा रोबोटले चुइई... गरेर आवाज निकालेको थियो भने टपमा राखिएको आँखाजस्तै आकारको रातो बत्ती झिलिक्क बलेको थियो ।

सम्मानका क्रममा रोबोटले केही पछि हटेर एक फन्को मारेको थियो, साथै साना चक्काको सहायताले पौडेल र रोबोट आमन्ने–सामन्ने भएपछि रोबोटले माला लगाइदिएको थियो । माला लगाइ दिएपछि रोबोटले नै हात अघि बढाएर पौडेलसँग हात मिलाएको थियो । 

प्राविधिक विद्यार्थी समाजका चार जना विद्यार्थीले आविष्कार गरेको उक्त रोबोट करिब ९५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । इन्जिनियरिङका विद्यार्थीहरूले नेपाली कांग्रेसका हरेक क्रियाकलापलाई डिजिटल प्रविधिमार्फत अघि बढाउने अभियानअनुरूप पहिलो प्रयासका रूपमा उक्त रोबोट तयार पारेका हुन् ।

 

प्रकाशित :चैत्र २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्