मिस नेपालमा सहभागी सबैलाई बधाई छ

चैत्र २१, २०७२

मिस नेपालमा सहभागी सबैलाई बधाई छ (फ्रन्टपेज: जंगलमा ७२ घण्टा) । आफ्नो समाज र देशका लागि योगदान दिँदै बौद्धिक सुन्दरतामा पनि ध्यान दिनुहोला ।

सुनिता लामा, काठमाडौं

आम्मै यस्तो पनि हुन्छ ? म त सुनेरै छक्क परें (पहिलो विश्व :केटी भएर जन्मिएका केटा) ।  पत्याउनै गार्‍हो भयो ।

विवेक पाण्डे, सिफल

यो कथा वास्तविक जस्तै लाग्यो (कथा : सपनाकी बेहुली) । छोटो तर मीठो कथा रहेछ । यस्तै नयाँ प्रतिभाहरूको कथा नियमित पढ्न पाइयोस् ।

श्रद्धा अर्याल, काभ्रे

पर्यटन प्रबद्र्धन गर्न यस्ता शाहसिक खेल सञ्चालन हुनु आवश्यक छ (माथिल्लो सेतीमा क्यानोइङ) । आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षित गरेमात्र पर्यटन विकासमा टेवा पुर्‍याउन सकिन्छ । 

सन्तोष न्यौपाने, सिन्धुपाल्चोक

हरेक व्यक्तिको विचार फरक होला (मेरा पिता जस्तो श्रीमान् चाहिँदैन) । तर अन्य कुरा त सबै एउटै हुन्छ । म आलियाको विचारसँग सहमत छैन ।

अमिर नेपाल

नाट्य क्षेत्रका लागि यो सकारात्मक एवं उदाहरणिय कुरा हो (चलचित्रपछि नाटक हिट्) ।

निर्दोष चाम्लिङ

यो लेख उपयोगी लाग्यो (कसरी हटाउने परीक्षाको भूत) । परीक्षाले धेरैजसो विद्यार्थीको टाउको दुखाएको पाइन्छ । केही हदसम्म यो लेखले समस्या समाधान गर्न मदत गर्छ ।

रोमन प्रधान

सीटीईभीटीमा तालिम लिएर मात्र हुँदैन (कम्प्युटर विषय जीवनोपयोगी छ) । देशमा अवसर सिर्जना हुन सकेन भने जागिर खान पाइँदैन । सरकारले अवसरहरू पनि सिर्जना गर्न सक्नुपर्छ ।

प्रवीण मैनाली, पोखरा

चाँदनी लामिछानेले दिनु भएको सल्लाह राम्रो लाग्यो (डेटिङमा ठट्टा गर्नुहँुदैन) । डेटिङलाई गम्भीर रूपमा लिनुपर्छ । 

केशव श्री

श्वेताजी, मन दह्रो बनाउनुहोला । (फर्कंदैछिन् श्वेता) हामी प्रशंसकहरू सधैं तपाईंको साथ छौं । 

दिनेश खड्का

प्रकाशित :चैत्र २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्