फेडेरर घाइते हुनुको कारण
चैत्र २०, २०७२
जत्तिकै सावधानी अपनाए पनि राम्रै व्यवसायिक खेलाडी पनि अचम्मले घाइते हुन सक्दा रहेछन् । यसको राम्रो उदाहरण बनेका छन्, टेनिसका पूर्व नम्बर १ खेलाडी रोजर फेडेरर ।
पछिल्लो समय चोटका कारण उनीसक्रिय टेनिसबाट टाढा रहे । उनले घुँडाको शल्यक्रियासमेत गराउनुपर्यो । यसको कारण भने उनले हालै मात्र स्पष्ट गरेका छन् । यी स्वीस खेलाडीका अनुसार उनी आफ्ना जुम्ल्याहा छोरीलाई नुहाइदिन पानीको व्यवस्था गर्दै थिए, त्यसै क्रममा उनको खुट्टा मर्कियो ।
त्यसपछि उनी छोरीहरूलाई लिएर चिडियाखाना पनि घुम्न गए । घर फर्कंदासम्म उनको खुट्टा सुन्निन थालेको थियो । पछि चिकित्सकले निर्णय सुनाए— यसको उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
प्रकाशित :चैत्र २०, २०७२
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्