प्रियंकाको लक्ष्य

- सरोज बस्नेत

चैत्र १८, २०७२-

विराटनगर, मोरङकी १८ वर्षीया प्रियंका श्रेष्ठको लक्ष्य मिस नेपाल बन्नु हो । प्रियंका अहिले अध्ययनसँगै सामाजिक कार्यमा पनि उत्तिकै सहभागिता जनाउँदै छिन् । ‘सानैदेखि मिस नेपाल बन्ने लक्ष्य भए पनि कुनै प्रतियोतिामा भाग लिएकी थिइनँ,’ श्रेष्ठले पहिलो पटक सहभागिता जनाएको मिस पूर्वाञ्चलमा उपाधि जितेपछि निकै उत्साहित भएको र अब मिस नेपाल बनेर नेपाललाई चिनाउने लक्ष्य रहेको बताइन् । 

‘प्रेम दुई आत्माको मिलन हो,’ प्रियंकाले भनिन्– ‘प्रेम नि:स्वार्थ हुन्छ ।’ आफू भने अहिलेसम्म प्रेममा नपरेको उनले बताइन् । प्रेम प्रस्तावहरू धेरै आउने गरेको उल्लेख गर्दै आफू अहिले अध्ययनमा तल्लीन रहेका कारण यसप्रति ध्यान नगएको उनको तर्क छ । उनलाई मिस नेपाल मल्लिका सुब्बा र सदिक्षा श्रेष्ठको व्यक्तित्व मन पर्छन् । 

 

प्रकाशित :चैत्र १८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्