बलिउडमा जम्दै नेपाली टार्जन

- साप्ताहिक संवाददाता

चैत्र १६, २०७२

अर्जुन कपुर, मनोज बाजपेयी र सोनाक्षी सिन्हा अभिनित गत वर्षको चलचित्र ‘तेवर’का केही दृश्यमा देखिएपछि नेपाली चलचित्रमा ‘टार्जन’ उपनामबाट चर्चित द्वन्द्व कलाकार राजीव मानन्धरका लागि बलिउडको ढोका खुलेको छ ।

२७ वर्ष नेपाली चलचित्रमा स्टन्टम्यान तथा फाइटर भएर काम गरेको अनुभव बटुलेका मानन्धर गत वर्ष मात्र अवसरको खोजीमा बलिउड पुगेका थिए । मूम्बई पुगेकै वर्ष उनले चलचित्र ‘वेलकम ब्याक’ र ‘घायल रिटर्नस’ मा काम गर्ने अवसर पाए । वर्ष २०१६ भने नेपाली टार्जनका लागि सुखमय हुने भएको छ । उनले आशुतोष गोवारीकरको निर्देशनमा ह्तिक रोशन अभिनित चलचित्र ‘मोहनजोदारो’मा खलनायकको भूमिका पाएका छन् भने रजनीकान्तको हाइटेक चलचित्र ‘रोबोट–टु’मा पनि काम गरिरहेका छन् । ‘मुम्बईमा म अभिनेता सोनु सुदसँग नजिक छु । सुदले मलाई निकै सपोर्ट गरिरहेका छन् ।’ यसैसाता काठमाडौंमा भेटिएका टार्जनले भने ।

 

प्रकाशित :चैत्र १६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्