आयोगद्वारा ६ सय ११ शिक्षकको माग

- साप्ताहिक संवाददाता

चैत्र १५, २०७२-

शिक्षा सेवा आयोगले पाँचवटै विकास क्षेत्रका माध्यमिक विद्यालयका लागि ६ सय ११ जना शिक्षक पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न १४ वटा विषयका लागि आयोगले शिक्षक माग गरेको हो । ती शिक्षकलाई आयोगले मुलुकभरका सामुदायिक विद्यालयहरूमा वि.संं २०६३ वैशाख १० गतेयता रिक्त हुन आएका माध्यमिक शिक्षक पदमा नियुक्त गर्ने बताइएको छ । 

आयोगका अनुसार माग गरिएका शिक्षक पदमा नेपालीका लागि १ सय ७ जना, अंग्रेजीका लागि १ सय २८ जना, गणितका लागि ८८ जना, विज्ञानका लागि १ सय ५० जना, सामाजिक शिक्षाका लागि ९३ जना, स्वास्थ्य तथा जनसङ्ख्याका लागि ७ जना, अर्थशास्त्रका लागि ६ जना, लेखा तथा कार्यालय सञ्चालनका लागि २० जना छन् । त्यसैगरी कम्युटर शिक्षामा ३ जना, शिक्षा र संस्कृत भाषामा २–२ जना, संस्कृत साहित्यमा ३ जना छन् भने बेद र कृषि शिक्षामा १–१ जना शिक्षक माग गरिएको छ ।

उक्त पदहरूका लागि आवेदन फारम ५ विकास क्षेत्रका क्षेत्रीय शिक्षा निर्देशनालयका साथै पूर्वाञ्चलमा जिल्ला शिक्षा कार्यालय मोरङ, मध्यमाञ्चलमा जिल्ला शिक्षा कार्यालय ललितपुर, पश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय रुपन्देही, मध्यपश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय दाङ तथा सुदूरपश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय धनगढीमा आवेदन दर्ता गर्न सकिनेछ ।

ती पदका लागि चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर शुल्क तिरेर वैशाख ६ गतेसम्म आवेदन दर्ता गराउन सकिने आयोगले जनाएको छ । आयोगका अनुसार ती पदको लिखित परीक्षा वि.सं. २०७३ असार ४ गते हुनेछ ।

 

प्रकाशित :चैत्र १५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्