प्रियंकाको बेवाच

- एजेन्सी

चैत्र १४, २०७२

प्रियंका चोपडा यसै सातादेखि हलिउड चलचित्र ‘बेवाच’ को छायांकनमा व्यस्त भएकी छिन् । छायांकनको पहिलो दिन उनी ह्वाइट लो–कट ब्लाउज र स्कर्टका साथ देखिएकी थिइन् ।

प्रियंकाको यो सुटिङ फ्लोरिडाको बोका र्‍याटनमा भएको थियो । अमेरिकी टेलिभिजनमा ‘क्वांटिको’ मार्फत डेब्यु गर्दै लोकप्रियता हासिल गरेकी प्रियंका चलचित्र बेवाचमार्फत हलिउड चलचित्र उद्योगमा पाइला चाल्दैछिन् । क्वांटिकोका माध्यमबाट थुप्रै लोकप्रिय एवार्ड हात पारेपछि प्रियंकाको हलिउड चलचित्र करियर प्रारम्भ भएको हो । प्रियंका चलचित्र बेवाचमा नेगेटिभ रोलमा देखिनेछिन् । चलचित्रमा उनका अतिरिक्त ड्वेन जोन्सन, ज्याक एफ्रान तथा केली रोहब्याक मुख्य भूमिका छन् ।  

 

प्रकाशित :चैत्र १४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्