कालो र नीलो रंग फाप्छ पनि

  • युवराज चौलागाईं, गायक

- कृष्ण भट्टराई

चैत्र १४, २०७२

पुस्तक : सोच 

कर्ण शाक्यको यो पुस्तक पढेपछि जीवनप्रतिको सोच नै परिवर्तन भएको छ । 

चलचित्र : चिनो 

हलमा गएर हेरेको पहिलो चलचित्र भएकाले मात्र होइन, चलचित्रको कथादेखि सांगीतिक पक्षसम्म उत्तिकै आकर्षक छ । 

गायक : प्रेमध्वज प्रधान तथा भक्तराज आचार्य 

हरेक प्रकारका गीतमा उत्तिकै कर्णप्रिय सुनिने यी दुई गायक नेपाली सांगीतिक क्षेत्रका धरोहर नै हुन् । 

गायिका : स्व.अरुणा लामा 

गायिका अरुणा लामाको स्पष्ट उच्चारणका साथ गीत गाउने शैली मनपर्छ । 

संगीतकार : स्व.गोपाल योञ्जन

गोपाल योञ्जनका हरेक आधुनिक तथा राष्ट्रिय गीतको कम्पोजिसन कर्णप्रिय छन् । 

गीतकार : डा.कृष्णहरि बराल 

हरेक विधाका गीतमा मर्मस्पर्शी तथा समयसापेक्ष शब्द रचना गर्न सिपालु एक मात्र गीतकार डा. कृष्णहरि बराल नै हुन् । 

गीत : हरेक शब्दको अर्थ हुन्छ 

गीतकार दीपिका रिमाल थापाको यो गजल गाएपछि मैले हरेक प्रकारका गीत गाउन सक्छु भन्ने कुरा प्रमाणित भएको छ । यो कालजयी शैलीको गजलबाट म पुरस्कृतसमेत भएको छु । 

हास्यकलाकार : हरिवंश आचार्य 

उहाँलाई म हास्यकलाकारहरूको गुरु नै मान्छु । गायनमा समेत उत्तिकै निपूर्ण आचार्य दर्शक हँसाउन मात्र होइन, गम्भीर शैलीका भूमिका निर्वाह गरेर रुवाउनसमेत सिपालु हुनुहुन्छ । 

खाना : नेपाली खाना

गोलभेँडाको अचारसहितको नेपाली खाना भएपछि मलाई अरू केही चाहिँदैन । 

ठाउँ : चितवन तथा पोखरा

आफ्नो जन्मथलो चितवनको वर्णन त म आफैंले कसरी गरौं । प्राकृतिक सौन्दर्यले भरिएको पोखरा पनि उत्तिकै मन पर्छ । 

रंग : कालो र नीलो 

मलाई प्राय: कालो र नीलो रंग सुहाउने मात्र होइन, फाप्छ पनि । मेरा अधिकांश पहिरन यिनै दुई रंगका छन् । 

पहिरन : दौरा–सुरुवाल

दैनिक प्रयोग गर्न त गार्‍हो छ तर विशेष समारोहमा दौरा–सुरुवालमै ठाँटिन 

मन पराउँछु । 

सवारी साधन : कार र बाइक 

घाम, पानी, हिलो सबै कुराबाट जोगाउने एक मात्र साधन कार नै हो तर काठमाडौंको व्यस्त सडकमा कारभन्दा मोटरसाइकल नै उपयुक्त हुन्छ । 

मन्दिर : पशुपतिनाथ 

फुर्सदका बेला गैरहने मन्दिर पशुपतिनाथ नै हुन् । काठमाडौंमै भएका बेला म सबैजसो शनिबार पशुपतिनाथ मन्दिर पुगिरहेको हुन्छ । 

पर्व : तिहार र कृष्णाष्टमी 

झिलिमिली तिहार मन नपराउने सायदै कोही होलान् । म कृष्णाष्टमीको दिन जन्मिएकाले यो पर्व पनि उत्तिकै मनपर्छ । 

 

प्रकाशित :चैत्र १४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्