डीडीसीले माग्यो ७४ जना कर्मचारी

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७२-
दुग्ध विकास संस्थानले विभिन्न पदका लागि ७४ जना कर्मचारी माग गरेको छ । संस्थानले अधिकृतस्तरका १६ तथा सहायकस्तरमा ५८ जना कर्मचारी मागेको हो, जसमा तीन जना टेक्निकल अफिसर, पाँच जना डेरी टेक्नोलोजिस्ट, एकजना अर्थविज्ञ, चार जना सहायक लेखा अधिकृत तथा तीन जना शाखा अधिकृत छन् । यसैगरी सहायक स्तरमा छ जना वरिष्ठ प्रशासन सहायक, चार जना लेखापाल, एक जना वरिष्ठ कम्प्युटर अपरेटर, चार जना सुपरभाइजर तथा दुई जना सिनियर चिजमेकर माग गरिएको छ ।

त्यस्तै आठ जना टेक्निकल असिस्टेन्ट, दुई जना फोरमेन, एक जना चिज मेकर, तीन जना जुनियर टेक्निकल असिस्टेन्ट, एक जना कम्प्युटर अपरेटर, दुई जना लेखापाल, चार जना प्रशासन सहायक तथा बीस जना डेरी सहायक कर्मचारीका लागि पनि डीडीसीले विज्ञापन गरेको छ । उक्त पदहरूका लागि चैत २९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुर तिरेर २०७३ साल वैशाख ६ गतेसम्म आवेदन दिन सकिन्छ ।

 

प्रकाशित :चैत्र १२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्