कलाकार बन्ने सोच

- सरोज बस्नेत

चैत्र १०, २०७२-
धरान, सुनसरीकी १७ वर्षीया प्रेशिका निरौला मोडलिङमा स्थापित हुने क्रममा छिन् । ५ फिट ५ इन्च अग्ली प्रेशिकाले आधादर्जन म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् ।

पूर्वका अधिकांश फेसन शोमा सहभागी भैसकेकी प्रेशिका आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन् । प्लस टुमा अध्ययरत निरौला मार्मिक भूमिकामा आफ्नो कला प्रस्तुत चाहन्छिन् । मोडलिङसँगै कला क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले बताइन् । धरान जेसिजको आयोजनामा सम्पन्न मिस एसएलसीमा फोटोजेनिकको उपाधि हात पारेकी प्रेशिकाले अभिनयको प्रशिक्षणसमेत लिएकी छिन् ।

भविष्यमा राम्रो कलाकार बन्ने सोच छ, उनले भनिन्, अध्ययन र मोडलिङलाई एकसाथ अघि बढाउँछु । मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमका रूपमा लिने प्रेशिकाले यो क्षेत्रलाई समाजले अझै नकारात्मक रूपमा लिने गरेको बताइन् । 

 

प्रकाशित: चैत्र १०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्