आज प्रदर्शित हुने चलचित्र लक्ष्य

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७२

आज शुक्रबार नायक सविन श्रेष्ठको अवस्था तरबारको धारमा बसेसरह छ । आफैं नायक भएको दुई चलचित्रबीच भिडन्त हुन लागेकाले श्रेष्ठ असमञ्जसमा छन् । ‘भाग सानी भाग’ र ‘लक्ष्य’ दुवैमा उनी एकल नायक हुन् । यी दुई चलचित्रको विषय भने फरक छ ।

‘भाग सानी भाग’ हास्यप्रधान विषयमा बनेको चलचित्र हो भने ‘लक्ष्य’ द्वन्द्वप्रधान प्रेमकथामा आधारित छ । ‘लक्ष्य’मा सविनले दुई नायिका अनु शाह र सारिका केसीसँग रोमान्स गरेका छन् । सारिकाको यो पहिलो चलचित्र हो । सुगठित ज्यान भएका नायकका रूपमा सुपरिचित सविनले लक्ष्यमा आफ्नो प्रेममा समस्या खडा गर्ने खलपात्रलाई परास्त पार्ने लक्ष्य लिएको एक प्रेमीको भूमिका निर्वाह गरेका छन् ।

यो चलचित्रमा श्रेष्ठलाई बक्सिङ खेलको राष्ट्रिय खेलाडीका रूपमा प्रस्तुत गरिएको छ । आफूबाट पराजित एक खेलाडीले आफ्नी प्रेमिकामाथि दुव्र्यवहार गरेपछि कुद्ध भएका सविन खलपात्रहरूको विशाल संगठनसँग भिड्छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन छ । यो चलचित्रका सम्पादक बनिश शाह र मिलन श्रेष्ठ हुन् । 

निर्देशक : मिलन आले मगर

संगीत : अर्जुन पोखरेल र टंक बुढाथोकी

कलाकार : सविन श्रेष्ठ, अनु शाह, सुनिल थापा, सारिका केसी आदि । 

लक्ष्य को ट्रेलर

प्रकाशित :चैत्र ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्