मेसीका बाल प्रशंसक
चैत्र २, २०७२
पछिल्लो साता लियोनल मेसी प्रशंसक अफगानी बालक विशेष चर्चामा रहे । मुरतजा अहमादीले प्लास्टिकको झोलालाई मेसीको जर्सीजस्तो बनाएर लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यसलाई हेरेर मेसी आफैं प्रभावित भए र ती पाँच वर्षीय बालकलाई आफ्नो हस्ताक्षरयुक्त दुईवटा जर्सी पठाइदिए । संयुक्त राष्ट्रसंघको पहलमा दुर्गम अफगानी गाउँका ती बालकलाई उक्त जर्सी दिइएको थियो ।
अहिले तिनै बालकको सबैभन्दा ठूलो इच्छा पनि मिडियामा आएको छ र त्यो हो— मेसीसँग भेट्ने इच्छा । त्यति मात्र होइन, उनले आफ्नो सपना त मेसीजस्तै राम्रो फुटबल खेलाडी बन्ने रहेको पनि बताएका छन् ।
प्रकाशित :चैत्र २, २०७२



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्