भीमफेदी गाइजसंग नम्रता नाच्दा

- साप्ताहिक संवाददाता

चैत्र २, २०७२-

अमेरिकाका व्यवसायी भानु फुयाँलले आफ्नो शब्दको नयाँ गीत ‘नाचौं नाचौं’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त म्युजीक भिडियोमा भिमफेदी गाइज र अभिनेत्री नम्रता सापकोटाको आर्कषक नृत्य छ ।

भिडियोमा हास्य कलाकार सुरेश थापा (दर्शने) तथा निरु खड्का (निर्मली) ले पनि रमाइलो भूमिका निर्वाह गरेका छन् । म्युजिक भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । सुदिप बरालको छायांकन रहेको यो गीतमा बाबा खालिङ, बलराम गुरुङ र एन के ब्रर्दशको स्वर छ । गीतको संगीत संयोजन बुद्ध सायमीले गरेका छन् । नेपाली संगीत प्रतिको मोहका कारण गीत लेख्नुका साथै भिडियो पनि निर्माण गरेको गीतकार तथा प्रस्तुतकर्ता भानु फुयाँलले बताएका छन् ।

भिडियो लिंक :

प्रकाशित :चैत्र २, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्