पृथक लुक रुचाउँछु

- हेम गिरी

फाल्गुन २७, २०७२-
सानैदेखि पृथक् लुक रुचाउने अनि त्यस्तै पोज दिन चाहने निक्की क्षेत्री मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । एयर होस्टेज बन्ने सोच बोकेर अघि बढेकी ५ फिट ७ इच अग्ली निक्की हाल अमेरिकाको टिनेसी राज्यमा छिन् ।

फिजिकल बनावट र सुन्दर मुहारकी धनी १९ वर्षीया निक्की हालसम्म कसैसँग मायामा नफसेको बताउँछिन् । प्रेम प्रस्ताव आए पनि माया गर्ने फिलिङ नभएको उनले बताइन् । सक्षम महिलाका रूपमा सामाजिक कार्य गर्न रुचाउने निक्की माल्भिका सुब्बाको व्यक्तित्वबाट प्रभावित भएको बताउँछिन् । म्युजिक भिडियोमा अभिनय गर्न अफर आए पनि व्यस्तताका कारण काम गर्न नसकेको उनको जिकिर छ । 

प्रकाशित :फाल्गुन २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्