सेल्फ डे मेकअप उपयोगी हुन्छ

- साप्ताहिक संवाददाता

फाल्गुन २६, २०७२-
मेकअप महिला सौन्दर्यको अभिन्न अंग हो । मेकअपबिना महिलाहरू आफूलाई अपूर्ण महसुस गर्छन् । दिनभर काममा व्यस्त हुने महिलाहरूसँग मेकअप गर्ने समय पनि नहुन सक्छ । यसकारण दैनिक मेकअपमा सचेत हुन सके समयको बचत हुनुका साथै काममा पनि बाधा पुग्दैन । दैनिक गरिने मेकअपका सम्बन्धमा आयना ब्युटी होम, बानेश्वरकी ब्युटिसियन सोनु श्रेष्ठसँग गरिएको कुराकानी : 
दैनिक व्यवहारमा कस्तो मेकअप उपयोगी हुन्छ ?
सेल्फ डे मेकअप उपयोगी हुन्छ । यो मेकअप लामो समय टिक्ने हुँदा काममा पनि कुनै बाधा आइपर्दैन । जुनसुकै उमेर समूहका विवाहित तथा अविवाहितका लागि सेल्फ डे मेकअप उपयुक्त मानिन्छ ।
सेल्फ डे मेकअपका लागि के गर्नुपर्छ ?
अनुहारको बेस तयार गर्नुपर्छ । यो मेकअपको प्रारम्भिक चरण पनि हो । बेस तयार नगरेसम्म अनुहार मेकअपका लागि तयार हुँदैन । 
अनुहारको बेस कसरी तयार गर्ने ?
यो फेस करेक्सन हो, जसले अनुहारमा भएका धूलो, फोहर तथा फोकाहरूलाई हटाउन सहयोग गर्छ । बेस तयार गर्नुको अर्थ अनुहारलाई चम्किलो बनाउनु पनि हो ।


फेस मेकअप कसरी गर्ने ?
बेस वेल्नेडिङ गरेपछि मेकअप टिकाउन लुज पाउडर लगाउनुपर्छ । ओठमा रातो वा गुलाफी रंगको लिपिस्टिक आकर्षक मानिन्छ । यी दुई रंगका लिपिस्टिक जुनसुकै पहिरनमा पनि मिल्ने उत्पादन हुन् । 

आँखाको मेकअप कस्तो हुनुपर्छ ?
आँखाको मेकअप बिग्रिए अनुहारको सुन्दरता नै बिग्रन्छ । हरेक युवतीले रुचाएको र ट्रेन्डमा पर्ने स्मोकी आई मेकअप नै उपयुक्त र आकर्षक हुन्छ । आँखाको मेकअप गर्दा हल्का तथा सुनौलो रंग प्रयोग गर्न सकिन्छ, जसमा आइलाइनर, मस्कारा, आइल्यासेस छुटाउनु हुँदैन ।

केश विन्यास कस्तो हुनुपर्छ ?
अहिले कर्ल अथवा स्ट्रेट गरिएका केशविन्यास प्रचलनमा छन् । कस्तो पहिरन लगाइएको छ भन्ने कुरा ख्याल गरी केशविन्यास गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित :फाल्गुन २६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्