नवीनाजी जिम्मेवार निर्वाह गर्नुहोला

फाल्गुन २५, २०७२

सुन्दा केही अचम्म लाग्यो (लाटोकोसेरो उत्सव) । वन्यजन्तु, पशुपन्छी संरक्षणका लागि यस्ता महोत्सवहरू आयोजना भैरहनु आवश्यक छ । 

विष्णु कोइराला

कभर स्टोरीमा अरू धेरै चर्चित नाम छुटेछन् (कभर स्टोरी : अविवाहित पुरुष) । गायक राजेशपायल राई, कलाकार कुमार कट्टेल, तक्मे बुढाहरू कसरी छुटे ? 

काली पोक्ची, बिसी राई, शैलेस, गंगाराज राई

संसारको सबैभन्दा सस्तो स्मार्टफोन आएपछि धेरैलाई राहत होला (संसारकै सस्तो स्मार्टफोन) । महँगो फोन किन्न नसकेपछि यो फोनले पनि काम चल्छ । 

प्रकाश राज

नेपाली राजनीतिमा कतै आशा एवं सम्भावना भेटिदैन । तैपनि नवीना जीलाई शुभकामना ।

पिकेजी

नवीनाजी, जिम्मेवार भूमिका निर्वाह गर्नुहोला (अन्तर्वार्ता : नैतिक क्षमता नभए नेतृत्व ठीक ठाउँमा हुँदैन) । युवाहरूलाई सही बाटोमा लाग्न साथ दिनुहोला ।

नवराज चौलागार्इं

साप्ताहिकले सम्पूर्ण गतिविधि एवं वर्गलाई समेटेको छ । साप्ताहिकले सबै तहका पाठकका लागि उत्कृष्ट खुराक पस्किन सकोस् । 

रुम्दाली रोमन, विजय सुवेदी

साप्ताहिक अहिलेसम्म त झकास छ । फेरि पनि पाठकहरूको मन जित्दै जाओस् । 

जगत बुल्बुल, गिरिश साम्बा, खड्ग रानामगर

अभिनेत्री ऋचा शर्माको जीवनशैली राम्रो लाग्यो (जीवनशैली : पशुपति भक्त ऋचा) । पुस्तक पढ्न रुचाउने थोरै नायिकामा उनको नाम पनि आउँछ । 

महेश राई

सरकारी पदमा निष्पक्ष र स्वतन्त्र रूपमा छनौट हुने व्यवस्था भए सर्वसाधारणले पनि रोजगारी पाउँथे (विद्युत् प्राधिकरणले माग्यो ५ सय १ जना कर्मचारी) । यसमा सोर्सफोर्स तथा नातावाद नचलोस् । 

उपज भट्टराई

स्टिभ जब्स सधैसधैं मनमा बसिरहनेछन् (स्टिभ जब्सको सम्झना) । एप्पलका उत्पादन प्रयोग गर्नेहरूले उनको काम र योगदानलाई कहिल्यै बिर्सने छैनन् ।

रमिता

हङकङ फ्लु नियन्त्रण गर्न पहल थालिनुपर्छ (हङकङ फ्लुको बढ्दो त्रास) । 

ईश्वरजंग थापा

प्रकाशित :फाल्गुन २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्