नमुलाई मिस कलेजेज् नेपालको ताज
फाल्गुन २३, २०७२
राजधानीमा सम्पन्न ‘मिस कलेजेज् नेपाल २०१६’ प्रतियोगिताको उपाधि नमु मल्लले पहिरिन सफल भएकी छिन् । नमुले मुख्य उपाधि सहित फोटोजेनिक र वेष्ट वाक विधाको अवार्डमा पनि हात पारिन् ।
विभिन्न कलेजमा अध्ययनरत छात्राहरुको सहभागिता रहेको यो प्रतियोगितामा पर्सनालिटी विधाको अवार्ड सहित निर्जला खनाल फस्ट रनर अप तथा भ्यूअर च्वाइस अवार्ड सहित अमिशा श्रेष्ठ सेकेन्ड रनर अप भइन् ।
यो प्रतियोगितामा रितिका अधिकारी म्यानेज्मेन्ट च्वाइस, सिसम गुरुङ पब्लिक च्वाइस, रानी मोक्तान कन्जिनियालिटी तथा दिकिता खड्गी ट्यालेन्ट अवार्ड तर्फका विजेता भए ।
प्रकाशित :फाल्गुन २३, २०७२



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्