सबै भूमिका निर्वाह गर्न सक्छु

- साप्ताहिक संवाददाता

फाल्गुन २०, २०७२-
मंगोलियन अनुहारकी मेलिना चेपाङ मकवानपुरकी हुन् । मकवानपुरको चेपाङ बस्तीकी मेलिना पछिल्लो समय काँचका पर्दामा देखिन थालेकी छिन् । उनले केही गीतका म्युजिक भिडियोमा आफूलाई कुशल मोडलका रूपमा उतारेकी छिन् । पछिल्ला दुई वर्षदेखि सक्रिय मेलिना गाउँघरमै हुने सांस्कृतिक कार्यक्रम हुँदै म्युजिक भिडियोसँग जोडिएकी हुन् । 

मकवानपुरको राक्सिराङकी मेलिना काठमाडौँमा प्लस टुमा पढ्दैछिन् । कक्षा ९ मै पढ्दै कलाकारितामा लागेकी चेपाङको पहिलो म्युजिक भिडियो ‘मगरको बस्तीमा’ दर्शकले रुचाएका छन् । लोकगीतको यो म्युजिक भिडियो युटुबमा मात्रै ७५ हजारले हेरेका छन् । उनले गायिका अन्जु पन्तको गीतको म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । मेलिनाले गायक प्रमोद खरेलको गीतमा पनि अभिनय गरिन् ।

रहरैरहरमा रंगमञ्च हुँदै काँचका पर्दामा छाएकी मेलिना यसैलाई निरन्तरता दिन खोजिरहेकी छिन् । कुशल नृत्यांगना मेलिना भन्छिन्, ‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा सबै किसिमका भूमिका निर्वाह गर्न सक्छु ।’

 

प्रकाशित :फाल्गुन २०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्