Teej banner

संगीतकर्मीलाई वसन्त ऋतु उपयुक्त

- साप्ताहिक संवाददाता

फाल्गुन १९, २०७२

मनीषा पोखरेल, गायिका

मन्दिर : पशुपतिनाथ

प्राय: गैरहने मन्दिर भएकाले होला मन्दिर भन्ने बित्तिकै पशुपति क्षेत्र तथा पशुपतिनाथको मन्दिर नै मनमा आउँछ । 

खाना : नेपाली 

अमिलो, पीरो, मर–मसला सबै कुरा मिलेको नेपाली खानाको स्वाद मीठो लाग्छ ।

पहिरन : साडी 

हामी नारी जातिलाई आकर्षक देखाउने तथा सम्पूर्ण व्यक्तित्व झल्काउने पहिरन साडी नै हो । 

ठाउँ : पोखरा 

प्राकृतिक तथा धार्मिक रूपले महत्वपूर्ण पोखरा हरेक मौसममा घुम्न सकिने नेपालको सबैभन्दा सुन्दर ठाउँ हो । 

पुस्तक : जीवन काँडा कि फूल 

झमककुमारी घिमिरेको यो पुस्तक पढेपछि म उनको लेखनको प्रशंसक भएकी थिएँ । 

चलचित्र : दर्पणछायाँ

मैले सबैभन्दा धेरै पटक हेरेको एउटै मात्र चलचित्र यही हो । यो चलचित्रको कथा, कलाकारको अभिनयदेखि गीत–संगीतसमेत उत्कृष्ट छ । 

अभिनेता : सौगात मल्ल 

थिएटरको कलाकार भएकाले होला उनको अभिनय शैली पृथक लाग्छ । 

अभिनेत्री : रेखा थापा

वास्तविक जीवनमा पनि उनी चलचित्रको नायिका झैं लाग्छिन् । उनलाई मेरो पाश्र्व गायन पनि म्याच गर्छ । 

गीत : टाढा नजाउ 

मैले आफैंले गाएको चलचित्र ‘रावण’ को यो गीतमा छुट्टै प्रकारको लगाव छ । शब्द तथा संगीत पनि मन छुने शैलीको छ । 

संगीतकार : राजनराज शिवाकोटी 

लोकदेखि पपसम्म, आधुनिकदेखि चलचित्रसम्म, यी संगीतकारलाई म भर्सटाइल तथा अल राउन्डर भन्न रुचाउँछु । 

गायक : कर्णदास 

कर्णदासको टोन नै गुणस्तरीय छ । 

गायिका : अञ्जु पन्त 

पन्तको गीत गाउने फिलिङ्स मनपर्छ । गीतको भावमा डुबेर गाउन सक्ने क्षमता पनि प्रसंसनीय छ । 

सवारी : ट्याक्सी 

आफूले जहाँ भन्यो त्यहीँ पुर्‍याउने सवारी ट्याक्सी बाहेक अरू के होला र ? 

मौसम : वसन्त ऋतु 

हामी संगीतकर्मीलाई न जाडो, न गर्मीको मौसम नै उपयुक्त हुन्छ । वसन्त ऋतुको वातावरण पनि मनमोहक लाग्छ । 

 

 

    अक्सर बालबालिकालाई प्लास्टिकको बोत्तलमा पानी, दूध आदि पिउन दिइन्छ, यसले उसको शरीरमा प्रतिकूल असर पुर्‍याइरहेको हुन्छ ।

    प्लास्टिकको बोत्तलबाट दूध पिलाउँदा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । 

    तातो दूध प्लास्टिकको बोत्तलमा राख्दा प्लास्टिकको रसायनिक तत्व दूधसँग मिसिएर हानिकारक वन्छ । 

    प्लास्टिकको वोत्तलमा दूध पिलाउँदा शिशुको मस्तिष्कमा समेत असर पर्छ । 

 शिशुलाई दूध पिलाउन सकेसम्म स्टिलको बोत्तल नै प्रयोग गर्नुपर्छ ।

प्रकाशित :फाल्गुन १९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्