लाटोकोसेरो

- एजेन्सी

फाल्गुन १९, २०७२-
     लाटोकोसेरोको दृष्टि अत्यन्तै तीक्ष्ण हुन्छ । कुनै वस्तु नदेखेको अवस्थामा मात्र लाटोकोसेरोले आफ्नो आँखा बन्द राख्छ ।


     बाज प्रजाति र चील प्रजातिका चरापछि सबैभन्दा तीव्र गतिमा उड्न सक्ने चरा लाटोकोसेरो नै हो ।

     लाटोकोसेरोले मौसमअनुसार आफ्नो शरीरको रंग बदल्छ । 

     बार्न जातिको लाटोकोसेरोको अनुहारको आकार उसको मुटुजस्तै हुन्छ । 

     नेपालमा हरेक वर्ष नवलपरासीलगायतका जिल्लामा लाटोकोसेरो महोत्सव मनाइन्छ ।

     सबैभन्दा ठूलो प्रजातिको लाटोकोसेरोलाई हुचिल भनिन्छ । 

     सबैभन्दा सानो प्रजातिको लाटोकोसेरो बोरोइङ उल हो । यो १९ सेन्टिमिटर अग्लो हुन्छ भने पखेटा फिजाउँदा यसको चौडाइ ५० सेन्टिमिटर मात्र हुन्छ । 

     सबैभन्दा ठूलो प्रजातिको लाटोकोसेरो ग्रेट ग्रे उल हो । यो ८४ सेन्टिमिटरसम्म अग्लो हुन्छ भने पखेटा फिजाउँदा यसको चौडाइ १ सय ५२ सेन्टिमिटरसम्म हुन्छ । यसको अधिकतम तौल २ किलोग्रामसम्म हुन्छ । 

     हिन्दू समाजमा लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको वाहन मानिन्छ । 

     ३ वर्ष उमेर पुगेको हुचिललाई नांगो आँखाले देख्न सकिंदैन भन्ने तन्त्रशास्त्रीय मान्यता छ । त्यस्तो हुचिलसँग दैवीय शक्ति हुन्छ भन्ने विश्वास गरिन्छ ।

प्रकाशित :फाल्गुन १९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्