योगको फाइदा

फाल्गुन १७, २०७२

    योगले हाम्रो तन–मनलाई शान्त एवं स्वस्थ राख्न मद्दत गर्छ । 

    योगलाई हामीले आफ्नो जीवनशैलीको हिस्सा बनाउन सक्छौं, जसले शरीरलाई दीर्घायु र स्वस्थ राख्छ । 

    योगले मानसिक तनाव कम गर्छ, रक्तचाप, मधुमेहजस्ता रोग नियन्त्रण गर्छ । 

    योगमा स्ट्रेचिङ र श्वासको माध्यमबाट शरीरको विशाक्त पदार्थ बाहिर निकाल्न सकिन्छ । 

    शरीरमा पोषक तत्त्व पुर्‍याउन र टक्सिन हटाउन पनि योग फाइदाजनक हुन्छ । 

    शरीरमा रक्तसञ्चार सुचारु हुन्छ । 

    योग जोर्नी, हड्डी तथा मांसपेशीलाई लचिलो एवं मजबुत बनाउन उपयोगी हुन्छ । 

    योगले शरीरको सम्पूर्ण मांसपेशीको व्यायाम हुन्छ । 

    योगले मस्तिष्कलाई शान्त तुल्याउँछ । मस्तिष्क शान्त भएको अवस्थामा एकाग्रता बढ्छ । यसले कार्यक्षमता पनि बढाउँछ ।

 

प्रकाशित :फाल्गुन १७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्