कसरतरत कृति

- सन्तोष राई

फाल्गुन १३, २०७२-
उनको मुख्य ‘टार्गेट’ भनेको म्युजिक भिडियो नै हो, पारिवारिक सपोर्ट एवं साथीभाइको हौसलाले म्युजिक भिडियोमा छाउने कुरामा ढुक्क छिन्— कृति ओझा ।

उर्लाबारी, मोरङकी ओझा कलाकारितामा होमिन प्रयत्न गरिरहेकी प्रतिभाशाली युवती हुन् भन्दा अत्युक्ति हुँदैन, किनभने उनी अहिले यसैसम्बन्धी तालिमहरू लिइरहेकी छिन् । नेपाली रजटपटका चकलेटी नायक आर्यन सिग्देल, संयम पुरी तथा नायिका प्रियंका कार्कीको अभिनयबाट प्रभावित छिन् उनी ।

नायिका प्रियंकाको ‘आइ थिङ्क’ भन्ने शैली र थेगो ओझालाई असाध्यै मन पर्छ । मौसमअनुकूल पहिरन लगाउन रुचाउने कृति आफूलाई ‘क्याजुएल वेयर’ नै म्याच हुने बताउँछिन् ।

प्रकाशित: फाल्गुन १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्