लाटोकोसेरो

- एजेन्सी

माघ २७, २०७२-

    लाटोकोसेरो मांसाहारी वर्गमा पर्ने चरा हो ।

    लाटोकोसेरोको समूहलाई अंग्रेजी भाषामा पार्लियामेन्ट भनिन्छ, जसको शाब्दिक अर्थ नै छलफल भन्ने बुझिन्छ । यसै कारणले कुनै पनि मुलुकको सर्वाेच्च जनप्रतिनिधिसभालाई अंग्रेजीमा पार्लियामेन्ट भनिन्छ ।

    यो चरा प्राय: राति सक्रिय हुन्छ । यसले दिउँसो सूर्यको प्रकाशमा आँखा देख्दैन, तर छायाँ परेको ठाउँमा रहेका वस्तुहरू भने ठम्याउन सक्छ ।

    संसारभर लाटोकोसेरोका २ सयभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा २१ प्रजाति पाइन्छन् ।

    धेरैजसो मांसाहारी लाटोकोसेरोले स–साना कीरा फट्याङ्ग्रा, मुसा, खरायो तथा आफूभन्दा स–साना चरालाई आफ्नो सिकार बनाउँछ । केही लाटोकोसेरोले माछाको पनि सिकार गर्छन् ।

    लाटोकोसेरोको खुट्टाको पञ्जा अत्यन्तै शक्तिशाली तथा घातक मानिन्छ । 

    धेरैजसो लाटोकोसेरोको अनुहार फराकिलो हुन्छ । 

    लाटोकोसेरोका आँखा ठूला हुन्छन् ।

    लाटोकोसेरोले आफ्नो टाउकोलाई २ सय ७० डिग्रीसम्मको कोणमा घुमाउन सक्छ । यसैकारणले लाटोकोसेरोले आफ्नो पछाडि पनि देख्न सक्छ ।

प्रकाशित :माघ २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्