जुत्ता पाइन्छ भन्नु मिथ्या हो

माघ २०, २०७२-

हरेक जिन्दगीको क्लाइमेक्स मृत्यु हो । 

योगपुत्र

फर्केर आउनेको भन्दा फर्केर नआउनेकै बढी माया लाग्छ ।

पुर्बेली तरेबा

खुट्टा भए जुत्ता जति पनि पाइन्छ भन्नु मिथ्या हो । मन परेको जुत्ता पो जुत्ता, नत्र खाली नै खुट्टा ठीक हुन्छ ।

सुनिल सुवेदी

आफ्ना लागि भन्दा परिवारका लागी बिदेसिनेहरूको संख्या ठूलो छ । 

विराज मोक्तान मंगोल

कसैको एउटै बोली हजार मुस्कानको कारण बन्छ ।

जनक तिमिल्सिना

सफलताका लागि आफ्नो ध्यान समस्यामा होइन समाधानमा लगाउनु जरुरी हुन्छ ।

राजाराम रायमाझी

तिमी हाँस्यौ भने सबैको माया पाउँछौ । रोयौ भने सबैको हेला हुन्छौ ।

सुषमा बर्मा

जुन मानिसले गाली गर्‍यो उसलाई माफ गरिदेऊ । तिमीलाई कुनै घाटा हुनेछैन । बरु तिमीलाई गाली गर्ने मानिसको अगाडि तिमी सम्मानित हुनेछौ ।

सम्झना पाण्डे

एकतामै बल हुन्छ । 

किशु रायमाझी

शक्तिशाली मानिस त्यो हो जो नकारात्मक कुरालाई पनि सकारात्मक रूपले हेर्छ ।

राजाराम

प्रकाशित :माघ २०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्