Teej banner

डडेल्धुराको अजयमेरुकोट

- साप्ताहिक संवाददाता

माघ १९, २०७२

१ हजार ५ सय वर्ष पुरानो दरबार रहेको ऐतिहासिक स्थल हो— अजयमेरुकोट । अद्भुत कलाकृति भएका ढुंगाका ऐतिहासिक स्तम्भहरूले सुसज्जित अजयमेरुकोट डडेल्धुरा जिल्लामा छ ।

अमरगढी किल्लादेखि सात किलोमिटर पूर्वमा अवस्थित अजयमेरुकोट क्षेत्रमा किल्ला भित्रबाटै चार किलोमिटर सुरुङ मार्ग हुँदै गणिका नदी निस्कने गुफा, तेर्‍हौं शताब्दीतामा निर्माण गरिएका अद्भुत कलाकृति, कल्पना गर्न नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेषहरू छन् ।

सोही क्षेत्रमा आठौं शताब्दीमा सिंजाका राजा नाग मल्लले बनाएको दरबारको भग्नावशेष पनि छ । डोटेली राजाहरूले चारदशक सम्म यहींबाट शासन गरेको इतिहास पाइन्छ । 

 

प्रकाशित :माघ १९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्