राहतमा अनियमितता हुन थाल्यो

माघ ९, २०७२

चीनले अनुदानस्वरूप दिएको पेट्रोल उचित मूल्यमा जनतालाई दिए हुन्थ्यो । लागत मूल्यभन्दा बढी मूल्यमा बेचेर उपभोक्तालाई मारमा पार्नु भएन । 

पेम्बा लामा

इन्धन अभाव भनिँदैछ । सडकभरि जाम छ । यो कसरी सम्भव छ ?

लोकराज भट्ट

खाना बनाउने समयमा बत्ती आउन छाड्यो । एकातिर खाना पकाउने ग्याँसको अभाव छ, अर्कातिर बिजुली नै आउन छाडेपछि कसरी खाना पकाउने ? कोठा भाडा लिएर बस्नेहरूले दाउरा पनि बाल्न पाउँदैनन् । सरकारलाई आफ्ना जनताको मतलब छैन ।

यज्ञ चुँडाल 

भूकम्पपीडितहरूलाई बाँडिने राहतमा अनियमितता हुन थाल्यो । पाउनैपर्नेहरूले पनि राहत पाएनन् । कतिले दोहोर्‍याएर पाए । सरकारले यसको छानबिन गर्नुपर्‍यो । 

दीप पौडेल

 

प्रकाशित :माघ ९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्