भुवनलाई अनमोलको भर

- साप्ताहिक संवाददाता

माघ ६, २०७२

चलचित्रमा अभिनय गरेर वर्षौं बिताएका अभिनेता भुवन केसीलाई पहिलो पटक निर्देशकका रूपमा दर्शकमाझ ल्याउने चलचित्र हो— ड्रिम्स ।

विगतमा चलचित्र ‘सपना’ निर्माण गरेर निर्माता बनेका अभिनेता केसी ‘ड्रिम्स’ का निर्देशकमात्र होइनन्, निर्माता पनि हुन् । फागुन २१ गतेदेखि प्रदर्शन आउने यो चलचित्रप्रति भुवन शतप्रतिशत ढुक्क छन् । उनी ढुक्क हुने एकमात्र कारण हुन्— छोरा अनमोल केसी । अनमोल युवा दर्शकमाझ नामजत्तिकै अनमोल छन् । खासगरी युवतीहरूमाझ प्रिय अनमोलले केही चलचित्रमार्फत आफ्नो क्रेज स्थापित गरिसकेका छन् । ‘ड्रिम्स’ मार्फत अनमोलले आफ्नो क्रेज अझ बढाउने कुरामा बुवा भुवन केसी ढुक्क छन् ।

अनमोलले विगतमा ‘होस्टल’ तथा ‘जेरी’ बाट बनाएको क्रेजलाई ‘ड्रिम्स’ ले अझ माथि पुर्‍याउने आशा गरिएको छ । चलचित्रको प्रचारका लागि भुवनले अनमोललाई ब्रान्डका रूपमा प्रस्तुत गर्ने निश्चित छ । चलचित्रमा अनमोलसँगै साम्राज्ञ लक्ष्मी शाह तथा सन्ध्या केसी मुख्य भूमिका छन् । 

 

प्रकाशित :माघ ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्